कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले हस्ताक्षर गरेका छन् । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको जानकारी दिए । प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता भएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार