किन एक्कासी ढाड वा कम्मरमा पस्छ झस्का ? यस्ता छन् घरेलु उपचार

एक्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले धेरैलाई सताएको छ । के  कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? वरिष्ठ क्रोनिक ब्याकपेन विशेषज्ञ डाक्टर सुनिल पौडेल यसो भन्छन् : मेरुदण्डलाई मांशपेसीले समातेको हुन्छ । कम्मर वा ढाडलाई बोझ पर्ने कुनैपनि काम गर्दा मांसपेशीमा संकुचन आयो वा ‘मसल स्पाजम’ भयो भने खुम्चन्छ र मांसपेशी पुनः पहिलेको जस्तो भएन भने एक्कासी झस्का पस्छ ।

यस्ता व्यक्तिलाई बढी झस्का पस्छ :

१. लगातार निहुरेर काम गर्ने ।

२. कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने ।

३. उठिरहने वा निहुरिरहने ।

४. विशेषगरी शारीरिक बनावट र कामको बोझले गर्दा तुलनात्मक रुपमा महिलाहरुमा झस्का पस्ने समस्या बढी हुन्छ ।  झस्का पस्ने सम्भावना बच्चामा कम हुन्छ । उमेर बढेसँगै यो समस्या पनि बढ्ने गर्छ ।

झस्का पस्ने प्रमुख कारण :

१.शारीरलाई चलायमान नराख्दा ।

२.बढी तौल वा अस्वस्थ खानपान ।

३.शारीरिक व्यायाम नगर्ने ।

लक्षण :

बसेर उठ्दा, नुहाएर बाहिर निस्कँदा वा निहुरिएर बस्दा एक्कासी च्वास्स दुख्नु वा झस्का पस्नु ।

झस्का पस्दा ढाड वा कम्मरमा दुखाई ज्यादा हुन्छ ।

ढाड अररो हुन्छ,चल्दा वा यताउता गर्दा धेरै दुख्ने हुन्छ ।

  झस्का पस्दा घरमै पनि उपचार गर्न सकिन्छ ः

झस्का पसेको ठाउँमा तातोले सेक्ने ।

झस्का पस्दा दुखाई बढी भएपनि धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर झस्का पस्दा बेवास्ता वा दुखाई कम गर्ने अनावश्यक औषधिको सेवन गर्नु हुँदैन ।

कहिलेकाँही नशा च्यापिएर पनि झस्का पस्ने हुनसक्छ । त्यसकारण झस्का पसे पछि जतिसक्दो छिटो विशेषज्ञ चिकित्सककोमा परीक्षण गराउनु पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार