नेदरल्याण्ड्सले १७ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । आफ्नो देशमा रहेका १७ जना रुसी कूटनीतिज्ञलाई देश छाड्ननेदरल्याण्ड्सले निर्देशन दिएको हो ।नेदरल्याण्ड्सको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्काशन गर्नु परेको जानकारी दिएको छ।
नेदरल्याण्ड्समा उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत काम गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता हुन निर्देशन दिइएको हो।