गर्मीमा अण्डाको प्रयोग कत्तिको फाइदाजनक छ, जान्नुहोस्

कतै तपाईहरुले सुन्नु भएको होला गर्मीमा अण्डा खानु राम्रो हुदैन । रिसर्चरको भनाइ छ कि अण्डा गर्मीमा सेवन गर्दा शरीरलाई नोक्सान हुदैन । गर्मीमा अन्डाको सेवन गर्दा आवश्यक तत्वको पूर्ति हुन्छ । अण्डामा भिटामिन ए, डी र अन्य पोषक तत्वको भरपुर मात्रा हुन्छ । जसले शरीरलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साँचो कुरा यो छ कि गर्मीमा अण्डाको सेवन गर्नाले गर्मि सँग जुध्ने क्षमता मिल्दछ र पाचनमा पनि सजिलो हुन्छ । यसले उर्जालाई सक्षम बनाउने र थकान हुन् दिदैन ।

गर्मीको दिनमा दुई अण्डाको सेवन प्रयाप्त हुन्छ । यो भन्दा धेरै खानु हुदैन । जुन मानिसहरु शारीरिक परिश्रम जस्तै: जिम जाने, कसरत र कुश्ती गर्छन । उनीहरुले दिनमा ६ अण्डा सम्म पनि खान सक्छन । तर तपाईले त्यति मात्र खानु पर्छ, जति तपाईको शरीरले पचाउन सक्छ । कसैलाई काँचो अण्डा नै दुधमा मिलाएर खान मनपर्छ भने कसैलाई अमलेट बनाएर खान मनपर्छ । बच्चाहरु प्रायजसो उसेनेको खान राम्रो मान्दछन । फ्राई गरेको भन्दा उसेनेको अण्डा स्वास्थको लागि राम्रो मानिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार