खनाल-नेपाल समूहका सांसद पत्र लिएर बालुवाटारमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल समूहका सांसदहरु ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् । खनाल नेपाल समूहका सांसद जीवनराम श्रेष्ठ, सोम पाण्डे र यज्ञराज सुनुवार बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बोकेर बालुवाटार पुगेका हुन् । उनीहरूको पत्र बुझ्दै ओलीले कुनै गुटगत र सामूहिक रूपमा आएका प्रस्ताव स्वीकार नगरिने बताए ।

ओलीले भने, ‘कुनै गुटगत र सामूहिक रूपमा आएका प्रस्ताव स्वीकार गरिँदैन । व्यक्तिगत ढङ्गले आएर आफ्नो कुरा लिखित मौखिक रूपमा राख्नुस्, सबैलाई मौका दिन्छु । गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन ।’ ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार