रुसी आक्रमणको ४२ दिन : युक्रेनको अवस्था कस्तो छ ?

युक्रेनमा रुसको आक्रमणको ४२ दिन पूरा भएको छ । अहिलेसम्म के-के भयो ?

डोनबास, पूर्वी युक्रेन

  • पूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने डरले हजारौं मानिसहरू डोनबासबाट भाग्न खोजिरहेका छन्।
  • युक्रेनी अधिकारीहरूले पनि हमला नबढेसम्म यहाँका सर्वसाधारणले यसलाई अवसरका रूपमा लिएर यहाँबाट छाड्न आग्रह गरिरहेका छन् ।
  • डोनेट्स्क र लुहान्स्क सम्मिलित सम्पूर्ण डोनबास क्षेत्रलाई नियन्त्रण गर्न रुसी सेनाले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास सुरु गरेको छ ।
  • अमेरिकाले पूर्वी भागमा आफ्नो सैन्य कारबाही बढाउन रुसले अब किभ र चेर्निहाइभबाट आफ्ना सेना फिर्ता गरेको बताएको छ ।

बाँकी युक्रेनको अवस्था के छ ?

  • स्थानीय अधिकारीका अनुसार होस्टोमेल क्षेत्रबाट चार सयभन्दा बढी व्यक्ति बेपत्ता भएको खबर आएको छ ।
  • युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बिहान रुसमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई ‘धेरै कमजोर’ भनेका छन् । उनले ‘यस्ता हल्का प्रतिबन्धहरूले आक्रमणकारीलाई आफ्नो आक्रमण जारी राख्न अनुमति दिएको’ बताए।

युक्रेनको बारेमा विश्वमा के भइरहेको छ ?

  • अमेरिकाले रुसी राष्ट्रपति पुटिनका छोरीसहित निकटका व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।
  • बेलायत र अमेरिकाले रुसको सबैभन्दा ठूलो बैंक स्बरबैंकको सम्पत्ति जफत गरेका छन्।
  • युरोपेली संघका नेताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा पनि विचार गरिरहेका छन्। यसमा रूसबाट कोइला आयातमा प्रतिबन्ध पनि समावेश छ, तर केही वरिष्ठ नेताहरूले भने, ‘तेल र ग्यासमा प्रतिबन्ध पनि आवश्यक छ।’
  • रुसका राष्ट्रपतिले भनेका छन्, ‘प्रतिबन्धहरू आफ्नो देशले स्वतन्त्रताको लागि तिर्नुपर्ने मूल्य हो।
  • पोप फ्रान्सिसले युक्रेनको बुचा सहरमा भएको नरसंहारको निन्दा गरेका छन् । तर, रुसले यी आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
  • संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को रुसको सदस्यता कायम राख्ने वा नराख्ने भनेर संयुक्त राष्ट्रसंघले बिहीबार मतदान गर्नेछ।
सम्बन्धित समाचार