रूस इस्लामिक स्टेट जस्तो आतंकवादी संगठन हो : युक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रूसले भयानक अत्याचार गरेको बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्‍लाई सम्बोधन गर्ने क्रममा उनले रूस ‘इस्लामिक स्टेट’जस्तो आतंकवादी संगठन भएको समेत आरोप लगाए।

पछिल्ला दिनमा कीभको बाहिरी इलाकाबाट फिर्ता हुनुअघि बुचा र अन्य सहरहरूमा रूसी सेनाले नागरिकहरूको हत्या गरेको देखिएका कारुणिक तस्बिरहरूले विश्वव्यापी आक्रोश मच्चाएको राष्ट्रपति जेलेन्स्कीले बताए। उनले युक्रेनमा रूसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गर्दै सुरक्षा परिषद्माथि प्रश्नसमेत गरेका छन्।

उनले भने‚ ‘सुरक्षा परिषद्ले दिनुपर्ने सुरक्षा कहाँ छरु त्यो शान्ति कहाँ छ ?’

आइतबार कीभ नजिकैको बुचा सहर नजिक ५७ जनाको शव गाडिएको सामूहिक चिहान भेटिएको थियो। बुचा शहरमा ३०० भन्दा बढी नागरिकलाई मारिएको र यातना दिएको समाचार सार्वजनिक भएका थिए।

सम्बन्धित समाचार