न्युयोर्क । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सुले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सले रोकेको ब्लुमबर्ग न्युजले जनाएको छ ।
स्पेसएक्सले आफ्नो स्टारवेस नामक अन्तरिक्ष कार्यक्रम परिसरमा अर्को प्रक्षेपण तथा अवतरण प्याड निर्माण गर्न चाहेको हो । यूएस आर्मी कोर्प्सले स्पेस एक्सलाई भनेको छ, “भिजेका भूमिबाट रकेट प्रक्षेपण गर्दा हुनसक्ने असरहरूबारे हामीलाई थप तथ्यांकको आवश्यकता छ । तसर्थ साउथ टेक्सासमा रहेको स्टारबेस प्रक्षेपण स्थलको विस्तारका लागि स्पेसएक्स कम्पनीले दिएको आवेदन रोकेका छौँ ।’’
ब्लुमबर्गकाअनुसार स्पेसएक्सले बोका चिकास्थित सो परिसरमा दोस्रो रकेट प्रक्षेपण र अवतरण प्याडलगायत अन्य थप भौतिक पूर्वाधार निर्माण गर्न चाहेको हो । स्पेस एक्सले स्टारसिप मेगा–रकेट निर्माण गरिरहेको छ ।