यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले बिहीवार राष्ट्रपतिय परिषदलाई सत्ता हस्तान्तरण गर्दै आफ्नो उपाध्यक्षलाई बर्खास्त गरेका छन् । राष्ट्रपति हादीको यस घोषणालगत्तै साउदी अरेबियाले साउदी समर्थित यमनी सरकारलाई तीन अर्ब अमेरिकी डलर वरावरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
साउदीले यमनको उत्तरी भाग कब्जा गरेर बसेको तथा साउदी नेतृत्वमा रहेको सरकारसँग युद्ध गर्दै आएका लडाकु समूह हौथीसँग वार्ताका लागि आह्वान गरेको छ ।
उनको यो कदम सात वर्ष लामो गृहयुद्धको अन्त्यका लागि संयुक्त राष्ट्र संघको नेतृत्वमा वार्ता ब्युँताउने प्रयासलाई समर्थन गर्ने उद्देश्यले प्रेरित रहेको बताइएको छ ।