०७४ को निर्वाचनमा ६ करोड खर्च गर्ने शशांकको स्रोत के ?

प्रष्ट पार्न पत्र पठाउँदै आयोग

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालालाई निर्वाचन आयोगले पत्र पठाउने तयारी गरेको छ ।कोइरालाले २०७४ सालको निर्वाचनमा भएको खर्चको दाबी र निर्वाचन आयोगमा बुझाएको विवरण फरक परेपछि यसबारे थप प्रष्ट पार्न आयोगले उनलाई पत्र पठाउने भएको हो ।

खर्चको विवरण नमिलेकाले थप प्रष्ट पार्न कोइरालालाई ध्यानाकर्षण पत्र पठाउन लागेको आयोग स्रोतले बताएको छ । आयोग स्रोतले दिएको जानकारी अनुसार आइतबार बसेको आयोगको पदाधिकारी बैठकले यसबारे छलफल गर्दै विवरण हेरेको थियो ।

आयोगमा रहेको विवराणमा कोइरालाले २१ लाख ७५ हजार मात्र निर्वाचन खर्च देखिएकाले कसरी ६ करोड भयो भनेर प्रष्ट हुनका लागि कोइरालाई पत्र पठाउन लागिएको आयोगले जनाएको छ । कांग्रेस नेता कोइरालाले ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएपनि शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए ।

नेता कोइरालाले शनिबार निर्वाचन खर्च महंगो हुँदै गएको बताए थिए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो ।दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भनेका थिए । उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार