एलन मस्कले गरे ४१ अर्ब डलरमा ट्वीटर किन्ने प्रस्ताव

काठमाडौँ– अमेरिकी अर्बपति एलन मस्कले ४१ अर्ब डलरमा ट्वीटर किन्ने प्रस्ताव गरेका छन्। आफूले ट्वीटरलाई प्रतिसेयर ५४.२० अमेरिकी डलर दिने प्रस्ताव गरेको मस्कले बताएका छन्। मस्कको प्रस्तावसँगै ट्वीटरको सेयर मूल्य १२ प्रतिशतले बढेको छ।

अहिले एलन मस्कसँग ट्वीटरको ९।२ प्रतिशत सेयर छ। जबकि ट्वीटरका संस्थापक ज्याक डार्सीको कम्पनीमा २.२५ प्रतिशत मात्रै सेयर रहेको छ।

उनले ट्वीटरका चेयरम्यान ब्रेट लेटरलाई पत्र लेखेर अब ट्वीटरलाई प्राइभेट कम्पनीको रुपमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

साथै उनले यो आफ्नो अन्तिम प्रस्ताव भएको र आफ्नो प्रस्ताव स्वीकार नभए सेयरधनीका रुपमा आफूले पुनर्विचार गर्ने चेतावनीसमेत दिएका छन्।

सम्बन्धित समाचार