पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान दिएको स्वाब परिक्षणमा मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको हो ।

मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीका अनुसार ढकालको स्वास्थ्य अवस्था सामान्य छ भने उनकी पत्नी फुयाललाई भने अस्पताल भर्नाको तयारी भइरहेको छ ।

मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार