काठमाडौं । चीनले बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाएको छ। बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्छीले परियोजना कार्यान्वयनमा सबै प्रकारको सहयोग गर्ने धारणा राखेकी हुन् । चीनले नेपालले बीआरआई परियोजनामा कार्यान्वयनमा उदासिनता देखाएकोप्रति चिन्ता व्यक्त गर्दै आएको छ।
चिनियाँ राजदूत यान्छीले कोभिडको कारणले पनि परियोजना कार्यान्वयनमा ढिलाई भएको बताइन्। उनले बीआरआई परियोजना नेपाल र चीन दुबै मुलुकलाई फाइदा हुने विश्वास व्यक्त गरिन्।
केहि समय अगाडि नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे चासो राखेका थिए। वाङले बीआरआई परियोजना कार्यान्वयन गर्न चीन आतुर रहेको नेपालका शीर्ष नेतासँगको भेटमा बताएका थिए ।