कोरोना संक्रमणबाट बागलुङमा एक जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार