जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस
जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६।१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर इएमएससीले स्थानीय समय अनुसार विहान ११: ५३ बजे भूकम्प गएको हो ।
भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ । जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।