अल्वानियाको संसद् तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल

अल्वानियाको संसद्ले तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल भएको छ ।निर्वाचनका लागि तीन पटक समय तोक्दा पनि राष्ट्रपतिमा कसैको उम्मेदवारी नपरेपछि नयाँ राष्ट्रपति चयन गर्न संसद् नै असफल भएको हो ।

पछिल्लो समय प्रधानमन्त्री चयनका लागि सोमबार बैठक बोलाइएको र आइतबार बेलुका ४ बजेसम्ममा उम्मेदवारी दर्ता भइसक्नु पर्नेमा उम्मेदवारी दर्ता नभएको संसद् सचिवालयले जनाएको छ ।त्यसअघि गत मे १६ र २३ तारिखमा संसद्को राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय गरिएको थियो ।

प्रक्रिया सुरु भएदेखि नै सत्तारुढ दल सोसलिष्ट पार्टी (एसपी)ले सुरुको तीन चरणसम्म विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ताका लागि मौका दिन चाहेको जनाएको छ ।तीन पटकसम्म पनि विपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेर उनीहरु गैरजिम्मेजार भएको सत्तारुढ दल एसपीका प्रमुख तौलान्त बालाले आरोप लगाउनु भएको छ ।

अल्बानीयाको राष्ट्रपति चयन हुनका लागि पहिलो तीन चरणमा हुने निर्वाचनमा कुल सांसदहरू मध्ये ८४ मत आवश्यक पर्नेमा अहिले सत्तारुढ दलसँग ७४ सांसदको मात्रै समर्थन रहेको छ ।अल्वानियाको संसद्‍मा अहिले १४० सांसद रहेका छन् । तीन पटकसम्म कुनै उम्मेदवारले ८४ सांसदको समर्थन जुटाउन नसकेपछि चौथो वा पाँचौ चरणको निर्वाचनमा ७१ सांसदको मात्रै समर्थन भएपनि पुग्ने व्यवस्था रहेको छ ।

उम्मेदवारी दर्ताका लागि भने २० सांसदको हस्ताक्षर बुझाउनु पर्ने प्रावधान रहेको छ ।अहिलेका राष्ट्रपति इलिर मेटाको कार्यकाल यही जुलाईमा सकिने भएकाले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने भएको हो ।

 

सम्बन्धित समाचार