काठमाडौं । जबरजस्ती करणीको आरोपमा लागेका अभिनेता पल शाहलाई थुनामा नै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । पललाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको हो । योसँगै फैसलासम्म शाह थुनामै रहने भएका छन् ।
पलले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकार गरेको छ । बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।