जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट र्फकने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् ।

नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्बाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार