चीनले रूसबाट कच्चा तेल आयात बढायो

चीनले रूसबाट कच्चा तेल आयात बढाएको छ । रुसले यूक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी राष्ट्रहरुले गरेको नाकाबन्दीबाट हुने नोक्सानीलाई कम गर्न चीनले रुसबाट तेल आयात बढाएको हो ।

पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने नीति रहेको छ ।

चीनको तेल आयातको यो वृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४।४२ मिलियन टन तेल आयात गरेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो । चीनले मे महिनामा साउदी अरेबियाबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो ।

सम्बन्धित समाचार