प्रधानसेनापति शर्मा लेवनान भ्रमणमा

प्रधानसेनापति महारथी प्रभुराम शर्माले युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली बटालियनको हेडक्वाटरको भ्रमण गरेका छन् । सोमबार उनले सो हेडक्वाटरमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधनसमेत गरेका छन् ।

उनले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका दुई जना नेपाली शान्ति सैनिक र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकलाई उनीहरुले पु¥याएको योगदानको कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।

प्रधानसेनापति शर्मासहित भ्रमण दलका सदस्यहरुले सोमबार नै युनिफिल हेडक्वाटरको समेत भ्रमण गरेका छन् । सो अवसरमा प्रधानसेनापति शर्माले युनिफिल मिसन लेवनानका ‘हेड अफ मिसन’ मेजर जनरल अरोलोडो लाजारो सेन्जसँग शिष्टाचार भेट गरे ।

भेटका अवसरमा मेजर जनरल अरोलोडोले लेवनानमा शान्ति स्थापनाका लागि युनिफिल मिसनमा स्थापनाकालदेखि नै नेपालको निरन्तर सहभागिता तथा व्यावसायिकताको खुलेर प्रशंसा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार