एनआइसी एशिया बैंकको नाफा करिब ३९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा पनि १७ प्रतिशत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असरमा एक अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा हाल २ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ४७ लाख रुपैयाँले बढेको हो ।
जसको आधारमा गत आर्थिक वर्षका लागि १९.४३ प्रतिशत लाभांश दिने क्षमता बैंकसँग छ। मुख्यतया कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेपछि बैंकको खुद नाफा ३९ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम २९ प्रतिशत घटेको हो ।
साढे ३५ करोड रुपैयाँभन्दा धेरैले बैंकको यस्तो रकम खुम्चिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८७ करोड रुपैयाँ कर्जा जोखिम व्यवस्थापनको शीर्षकमा छुट्टाएको छ ।
निक्षेप संकलन कर्जा बिस्तारमा बैंक कमजोर भएपछि कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ग्राहकहरूसँग कुल २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेर कुल २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन एक प्रतिशत घटेको हो भने मात्र डेढ प्रतिशतको वृद्धि कर्जा विस्तारमा देखिन्छ ।
चौथो त्रैमासको अन्त्यसम्म बैंकको कर्जा निक्षेप अनुपात ८८.२६ प्रतिशत छ। समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि सन्तोषजनक वृद्धि छ। कर्जा बिस्तार बापत सञ्चित भएको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५८ प्रतिशत बढेको हो। यसै अवधिमा बैंकको खुद फि तथा कमिसनको आम्दानी २४.३७ प्रतिशत बढेको छ। आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो ।
आम्दानीसँगै खर्चका आकार पनि बढेका छन्। कर्मचारी र सञ्चालन खर्च दुबै बढेका छन्। कर्मचारीहरूको खर्च ३५.८४ प्रतिशत बढ्दा सञ्चालन खर्चको आकार २९.११ प्रतिशत बढेको हो। यसका बाबजुद बैंकको सञ्चलन मुनाफा पनि साढे ३३ प्रतिशतको वृद्धि देखिएको छ ।
खुद नाफा उत्साहजनक तरिकाले बढ्दा प्रति सेयर आम्दानीमा करिब ११ रुपैयाँको वृद्धि देखिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ३९.१३ रुपैयाँ छ । विशेगरी गत आर्थिक वर्षका लागि लाभांश वितरण नहुँदा चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको जस्तै यथावत् छ। चुक्ता पुँजीको अनुपातमा खुद नाफा उल्लेख्य रूपमा बढ्दा प्रति सेयर आम्दानीमा सकारात्मक वृद्धि देखिएको हो ।
यस अवधिमा बैंकको प्रति सेयर नेटवर्थ पनि ३८.५२ रुपैयाँले बढ्दा २१७.५२ रुपैयाँ कायम हुन् पुगेको हो । र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य प्रति कित्ता ७१६ रुपैयाँका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १८.३० गुणा छ ।
एनआइसी एशिया बैंक(रु हजारमा) | २०७८/७९ | २०७७/७८ | फरक | फरक % |
चुक्ता पुँजी | 11,564,005 | 11,564,005 | – | – |
सेयर प्रिमियम | – | |||
सञ्चित मुनाफा | 3,845,991 | 1,599,552 | 2,246,439 | 140.44 |
जगेडा कोष | 9,743,645 | 7,740,061 | 2,003,584 | 25.89 |
ऋण बिस्तार | 252,443,497 | 248,770,354 | 3,673,143 | 1.48 |
निक्षेप संकलन | 289,903,959 | 287,024,798 | 2,879,161 | 1.00 |
खुद ब्याज आम्दानी | 11,772,187 | 9,227,502 | 2,544,685 | 27.58 |
खुद फि तथा कमीसन आम्दानी | 2,019,533 | 1,623,806 | 395,727 | 24.37 |
इम्पेयरमेन्ट/ (रिभर्सल) | 870,246 | 1,225,624 | (355,378) | (29.00) |
कर्मचारी खर्च | 4,547,783 | 3,347,937 | 1,199,846 | 35.84 |
सञ्चालन खर्च | 2,084,368 | 1,614,432 | 469,936 | 29.11 |
सञ्चालन मुनाफा | 6,409,941 | 4,798,228 | 1,611,713 | 33.59 |
खुद नाफा | 4,525,422 | 3,258,934 | 1,266,488 | 38.86 |
वितरणयोग्य मुनाफा | 2,246,438 | 1,921,702 | 324,736 | 16.90 |
निष्कृय कर्जा | 0.49 | 0.50 | (0.01) | (2.00) |
सिडि रेसियो | 88.26 | 84.28 | 3.98 | 4.72 |
आधार दर | 9.25 | 6.84 | 2.41 | 35.23 |
स्प्रेड दर | 4.40 | 3.73 | 0.67 | 17.96 |
प्रति सेयर आम्दानी | 39.13 | 28.18 | 10.95 | 38.86 |
प्रति सेयर नेटवर्थ | 217.52 | 179 | 38.52 | 21.52 |