अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए ।

हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् ।

नीताले हरिहरसँग केही अगाडि मात्र विवाह गरेकी हुन् ।

सम्बन्धित समाचार