देशभरका १७ अस्पतालमा कोरोना संक्रमितकाे निशुल्क उपचार हुने

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमित बिरामीका लागि देशभरका १७ अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना संक्रमितको उपचारवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको छ।

६ वटा प्रदेशका २–२ वटा र बागमती प्रदेशका ५ वटा गरी १७ वटा अस्पतालमा निस्शुल्क उपचारका व्यवस्था गरिएको अधिकारीले जानकारी दिए।
प्रदेश १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ।

बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु , भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ। गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ।

यस्तै, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगरमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ। सुदूरपश्चिम अस्पतालमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा निशुल्क उपचारको व्यवस्था गरिएको अधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार