पल शाहविरुद्धको मुद्दाको पेशी स्थगित

काठमाडौँ– बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहविरुद्धको मुद्दाको आजको पेशी स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।

बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ ।

सम्बन्धित समाचार