पशुपतिमा तीजको रौनक (फोटोफिचर)

भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका तीज व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

यो दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।

पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको छ ।

 

 

 

 

 

सम्बन्धित समाचार