डोजर लिएर टुकुचा खोला खोज्दै बालेनको टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो।

अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।

महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ ।

जय नेपाल हल क्षेत्रमा डोजरले अहिले १० मिटर गहिरो खाल्डो बनाइसके पनि टुकुचा खोला नभेटिएको महानगरले जनाएको छ । महानगरका अनुसार डोजर अन्य सम्भावित ठाउँमा पनि खन्ने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार