बजार अनुगमनमा निस्किन् उममेयर सुनिता डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दशैंलक्षित बजार अनुगमन गरेकी छिन्।

उपेमयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीले मंगलबार बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न र मासु पसलको अनुगमन गरेको हो।

टोलीले सामानको बिल, सामानको उत्पादन मिति लगायतको जाँच गरेको हो। ​उममेयर सुनिता डंगोलले बजार अनुगमन नियमित हुने बताइन्। उनले अखाद्य वस्तु बिक्री गरे हतकडी समेत लगाउने चेतावनी दिइन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार