ठाकुरलगायतका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायत चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ ।

यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो । यादव पक्षले ठाकुर लगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । तीन दिनको दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताए ।

यसअघि मंगलबार राति ठाकुर पक्षले यादवलाई पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनलाई किन सघाएको भन्दै स्पष्टीकरण सोधेपछि बुधबार यादव पक्षले केपी ओलीको प्रतिगमनमा किन साथ दिएको भन्दै ठाकुरसहित चार नेतालाई नौ बुँदे स्पष्टीकरण सोधेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार