काठमाडौं । चर्चित अनलाइन गेम पब्जीको डेभलपर कम्पनी क्राफ्टनले फुटबलर लियोनल मेस्सीसँग सहकार्यको घोषणा गरेको छ । यसको आधिकारिक जानकारी पब्जीले आफ्नो फेसबुक पेजमार्फत दिएको हो ।
यो सहकार्यपछि पब्जी प्लेयरले नोभेम्बरमा फुटबलसँग सम्बन्धित केही इभेन्ट तथा ईन(गेम सामग्रीहरु गेममा देख्न पाउने अपेक्षा लिएका छन् । प्राप्त रिपोर्टहरुलाई आधार मान्ने हो भने डेभलपरले पब्जीको अब आउने अपडेट २।३ मा फुटबलको कार्निभल मोड समावेश गरिसकेका छन् ।
यस सम्झौतापछि मेस्सीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मोबाइलमा लोकप्रिय गेम पब्जीसँगको यो सहकार्य अद्भुत रहेको बताए ।