काठमाडौँ– ६ मा एजेण्डाका हिसाबले खनाल अगाडी

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गठबन्धनको तर्फबाट भिमसेनदास प्रधानसँगै अन्य उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा भने खनाल र प्रधानबीच नै हुने अनुमान गरिएको छ ।

गठबन्धनको बलमा कांग्रेस नेता प्रधानले आगामी परिणाम पनि आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका खनाल परिणाम उल्टाउने कसरतमा छन् । यो पटक प्रधानलाई केही गाह्रो र खनाललाई केही सहज देखिएको विश्लेषकहरुले बताउँने गरेका छन् ।

देशैभरी युवा र क्षमतावान नेताको खोजी भइरहेकाले काठमाडौँमा खनाललाई सहज देखिएको हो । खनाल यहाँका मतदाता समक्ष युवा, बौद्धिक र क्षमतावान नेताको रुपमा चर्चित छन् । यसोत खनाले प्रहरी सेवामा हुँदा थुप्रै सम्झना लायक र उत्कृष्ट काम गरेका छन् । जुन खनालको जितका आधार बन्न सक्छन् ।

दुईपटक यही क्षेत्रबाट जित हासिल गरेका प्रधान उमेरले पाका हुन्। उमेरले प्रधान ६९ वर्षका भए। दुईपटक जित हालिस गरेका प्रधानसँग यहाँका मतदाता रुष्ट छन् । यस भन्दा पहिले उनको कार्यकाल सोचजति सफल नभएको मतदाताको भनाइ छ । यो कुरा स्वयम प्रधानले नै स्वीकार गर्छन । ०७४ सालमा यो क्षेत्रबाट जितेपछि मतदातालाई सन्तुष्ट पार्न नसकेको र प्रतिबद्धताहरू तथा विकासका योजनाहरू औसत रूपमा अगाडि बढाउन नसक्दा यो क्षेत्र पछि परेको काँठ क्षेत्रका बासिन्दाको गुनासो छ।

उम्मेदवारसँग नीति, योजना तथा व्यक्तित्वजस्ता पक्ष मतदाताले खोजिरहेका छन्। यसको उत्कृष्ट उम्मेदवार खनाल हुनसक्छन् । यता गठबन्धनले जसरी पनि आफ्ना उम्मेदवार जिताउने पुरै शक्ति प्रयोग गर्ने रणनीतिमा छ। स्वतन्त्रको आधार देखिएको छैन। ‘स्वतन्त्रहरूले दलको भोट काट्ने अवस्था रहे पनि टक्कर नै दिने अवस्था छैन। आधार नै कमजोर रहेकाले जित निकाल्न सक्ने अवस्था देखिन्न। यसको फाइदा खनालले उठाउनु पर्ने छ ।

संविधानमा उल्लेख भएका अधिकार प्रत्याभूत गराउन क्रियाशील हुने, उत्तरी क्षेत्रमा पछाडि परेका क्षेत्र र नगरमा आवश्यक पूर्वाधार तयार गर्ने, सहरका प्राकृतिक सम्पदा तथा बासस्थान जोगाउने खनालका एजेण्डा छन्। त्यस्तै जेष्ठ नागरिकका लागि जीवन सहज बनाउन सिनियर सिटिन्ज स्कुल बनाउने, युवाका लागि रोजगारी सिर्जना तथा सीप विकास तालिम दिने, चौर र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र पार्कहरू बनाउने तथा संरक्षण गर्ने, प्राकृतिक वन र वनस्पति संरक्षण, वन्यजन्तुको उचित बासस्थान निर्माण, एक घर एक शुद्घ खानेपानीको प्रबन्ध गर्ने, यो क्षेत्रका नगर र सहरमा बस्न योग्य बनाउने, धार्मिक तथा सांस्कृतिक कुरा संरक्षण गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने, ठमेल पर्यटकीय क्षेत्रको विकास गरी राज्यले उचित लाभ लिने योजना उनले अगाडि सारेका छन्।

काठमाडौंको काँठ क्षेत्रका नगरपालिकाका अधिकांश भूभाग समेटको यो क्षेत्रका आफ्नै विशेषता र समस्या छन्। कृषियोग्य जमिन नष्ट हुँदा यसमा आश्रितहरूको जीविकोपार्जनमा समस्या छ। व्यवस्थित नगरका लागि थुप्रै काम बाँकी छन्। टोखा तथा तार्केश्वर नयाँ नगरपालिका विकास र पूर्वाधारमा पछि परेकाले यो क्षेत्रका जनप्रतिनिधिप्रति स्थानीयको असन्तुष्टि छ।

सम्बन्धित समाचार