निर्वाचन आयोग पुग्यो यादवले ठाकुरसहित चार नेतालाई निष्कासन गरेको पत्र

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएका छन् ।

१७ जेठमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाएका हुन् । उक्त पत्र आयोगमा दर्ता भएको छ ।

यादवपक्षीय जसपाको सोमबार बसेको कार्यकारिणी समिति बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो । पत्रमा यादवले दलको दर्ता किताबबाट नाम हटाउन पनि अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार