ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार