चिसोबाट कसरी बच्ने ?

काठमाडौँ – चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहारको छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ। डाक्टरहरुले चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन सुझाव दिन्छन्। खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।

चिसोबाट बच्ने उपाय

  • खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने
  • ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
  • तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
  • घाम ताप्ने, तेलले मालिस गर्ने
  • बाक्ला, उनीका लुगा लगाउने
  • छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने
सम्बन्धित समाचार