काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता फुटबल खेलको मात्र नभई सम्पूर्ण खेल जगतकै सर्वश्रेष्ठ तथा ठूलो प्रतियोगिता हो । यो प्रतियोगिता हरेक चाररचार वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमा आयोजना हुने गर्दछ । सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चाररचार वर्षमा आयोजना गर्ने गरी निर्णय गरिएता पनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन ।
विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलले २१ औं संस्करण पूरा गर्दासम्म आठ देशले मात्र उपाधि चुमेका छन् । विश्वकपको इतिहासमा सबैभन्दा बढी उपाधि जित्नेमा ब्राजिल रहेको छ । ब्राजिलले पाँच पटक उपाधि चुमेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को उपाधि जितेको थियो ।
ब्राजिलपछि जर्मनी र इटालीले चाररचार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुईरदुई तथा इङ्गल्यान्ड र स्पेनले एकरएक पटक उपाधि जितेका छन् ।
जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ को विश्वकप जितेको थियो । इटालीले भने सन् १९३४, १९३८, १९८२ र २००६ मा उपाधि जितेको थियो ।
यस्तै, उरुग्वेले सन् १९३० र १९५०, अर्जेन्टिनाले सन् १९७८ र १९८६ तथा फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप उपाधि जितेको थियो । इङ्गल्यान्डले सन् १९६६ र स्पेनले २०१० मा विश्वकपको उपाधि जितेको थियो ।
हालसम्म १३ देशले विश्वकप फाइनल खेलेका छन् । आठ देशले उपाधि जित्दा चेकोस्लोभाकिया, हंगेरी, स्विडेन, नेदरल्याण्ड्स र क्रोएसिया फाइनल पुगेर पनि उपाधिबाट वञ्चित हुनु परेको छ ।
कतारमा जारी फिफा विश्वकपको २२ औं संस्करणको फाइनल खेल आज आइतबार राति पौने ९ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै देश तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेका छन् ।
यी हुन् अहिलेसम्मका विश्वकप विजेता स्
१९३० – उरुग्वे
१९३४ – इटाली
१९३८ – इटाली
१९५० – उरुग्वे
१९५४ – पश्चिम जर्मनी
१९५८ – ब्राजिल
१९६२ – ब्राजिल
१९६६ – इङ्गल्यान्ड
१९७० – ब्राजिल
१९७४ – पश्चिम जर्मनी
१९७८ – अर्जेन्टिना
१९८२ – इटाली
१९८६ – अर्जेन्टिना
१९९० – पश्चिम जर्मनी
१९९४ – ब्राजिल
१९९८ – फ्रान्स
२००२ – ब्राजिल
२००६ – इटाली
२०१० – स्पेन
२०१४ – जर्मनी
२०१८ – फ्रान्स
२०२२ – रु