काठमाडौँ – ‘सर्वोच्चमा अर्को डरलाग्दो ‘सेटिङ’: यसरी तयार पारिन्छन् ‘डमी’ रिट निवेदक’ शीर्षकमा खोज पत्रकारिता केन्द्रले तयार पारेको समाचारको अधिवक्ता विकास गिरीले खण्डन गरेका छन् । उक्त समाचारमा कतिपय कुरा सत्यतथ्य नबुझी सार्वजनिक गरिएको भन्दै उनले समाचारको खण्डन गरेका हुन् ।
अधिवक्ता गिरीले समाचारमा आफूले दिएको प्रतिक्रिया भन्दा फरक ढङ्गले प्रस्तुत गरिएको बताएका छन् । समाचारको खण्डन गर्दै अधिवक्ता गिरीले भनेका छन्, ‘ मैले खोज पत्रकारीताका संवाददातालाई टेलिफोन मार्फत दिएको प्रतिक्रियाभन्दा फरक वा भिन्न ढङ्गले समाचार प्रस्तुत गरिएको छ ।
त्यहाँ उल्लेखित कुराहरु कतिपय प्रमाणविहिन छन् । म आफू पनि कानुनको विद्यार्थी भएको हुँदा संविधान र कानुनको वर्खिलाप हुने गरि भएका कामको खबरदारी गर्दै आइरहेको छ । उक्त समाचारमा विना आधार र प्रमाण्मा डमी रिट निवेदकका रुपमा मलाई चित्रित गरिएको छ । यो भनेको मेरो पेशा, योग्यता र क्षमतामाथि उठाईएको प्रश्न हो। त्यसप्रति मेरो गम्भीर आपत्ति छ ।’
उक्त समाचार टिभी अन्नपूर्णमा पनि प्रकाशित भएको थियो ।
सर्वोच्चमा अर्को डरलाग्दो ‘सेटिङ’ : यसरी तयार पारिन्छन् ‘डमी’ रिट निवेदक