• २०७६ भदौ २९ आइतबार

१८ दिनपछि सिम्रिकले पायो उडान अनुमति, शनिबारबाट नियमित उडान गर्ने

काठमाडौं,

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमतिबिनै जहाजमा पार्टपुर्जा प्रयोग गरेकाले उडान बन्द गरिएको सिम्रिक एयरलाइन्सले १८ दिनपछि उडान अनुमति पाएको छ ।क्यानअन्तर्गत हवाई सुरक्षा विभागले सिम्रिकको जहाजले अनुमतिबिनै पार्टपुर्जा प्रयोग गरेको भन्दै तत्कालका लागि उडान रोक्न निर्देशन दिएको थियो । उडान रोक लगाएपछि क्यानले सिम्रिकसँग विभिन्न डकुमेन्टहरु माग गरेको थियो । 

सिम्रिकले दिएको डकुमेन्टको अध्ययनपछि शुक्रबारबाट नियमित उडानका लागि अनुमति दिइएको विभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । उनले डकुमेन्ट अध्ययन गरी विभिन्न निर्देशनहरु दिइएको र ती निर्देशन पालना गर्ने सहमतिपछि उडान गर्न दिइएको बताए ।

आफूखुसी पार्टपुर्जा प्रयोग गर्दा यात्रुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेकाले उडान बन्द गरिएको उनको भनाइ छ । प्राधिकरणले भदौ ४ गतेबाट उडान रोक लगाएको थियो ।

सिम्रिक एयरलाइन्सका मार्केटिङ चिफ प्रज्ज्वल थापाले शुक्रबार उडान गर्नका लागि पत्र प्राप्त भएको जानकारी दिए । उनले शनिबारबाट नियमित उडान गर्ने बताए । हाल सिम्रिकसँग २ ओटा जहाज छन् । सिम्रिकले काठमाडौंबाट पोखरा, भरतपुर र माउन्टेन फ्लाइट गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार