• २०७५ फाल्गुण ९ बिहीबार

क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने बताए । 

सोमबारदेखि यहाँ शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको आज उद्घाटन गर्दै उनले सो क्रिकेट मैदानलाई प्रदेशको गौरवको योजनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । वर्षाका कारण प्रतियोगिता हुने सो मैदानमा पानी जमेपछि खेल तालिका दुई दिनपछि सारिएको छ । 

समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’बाट र नेपाली क्रिकेटका पहिलो आधिकारिक प्रशिक्षक सुनोज भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ द्वारा सम्मानित गरिएको छ । उनीहरुलाई जनही  एक लाख प्रदान गरेर सम्मानित गरिएको हो । 

सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार