• २०७६ मङ्सिर २३ सोमबार

सलाम एयरले ओमान-काठमाडौं दैनिक उडान गर्ने (भिडियोसहित)

नेपालमा साताको तीन उडान गदैं आएको सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । ओमानको वायुसेवा कम्पनी सलाम एयरले  गएको एक वर्षदेखी काठमाण्डौमा सातामा तीन उडान गरिरहेको थियो । काठमाण्डौ उडान थालेको एक वर्ष  पुरा भएको अवसरमा  विशेष कार्यक्रम आयोजना गरि सलाम एयरले काठमाण्डौ दैैनिक उडान थालेको घोषणा गरेको हो । विशेष गरि नेपालबाट रोजगारीका लागी खाडी मुलुक जाने नेपालीलाई लक्षित गरि सलामले काठमाण्डौ उडान थालेको थियो ।  गएको एक वर्षको टिकट सेललाई हेर्दा तुलनात्मक रुपमा कम मुल्यमा सुरक्षित यात्राका लागी सलामको उडान धेरै नेपालीले रुचाएका छन । छोटै समयमा काठमाण्डौ ( मस्कट उडानका लागी सलामको यात्रामा धेरैको आर्कषण बढेको देखिएकाले   दैनिक उडान थाल्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।


एक वर्षको अवसर पारेर आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गदैं सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सलाम एयरको उडान थप गर्ने निर्णयले पर्यटन वर्ष २०२० को लागी सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाण्डौंमा दैनिक उडान थाल्ने निर्णयको प्रशंसा गदैं मन्त्री भट्टराईले सलामलाई निकट भविष्यमा निर्माणधिन  गौतमबुद्ध विमानस्थलको काम समेत सकिन लागेकाले यसबाट समेत उडान थाल्न पनि सुझाव दिएका छन । कार्यक्रममा गत एकवर्षमा सलामका हवाई टिकट बिक्रि गर्नेमध्ये उत्कृष्ट १० एजेन्ट सम्मानित भएका छन । नेपालमा कम्पनीको उडान व्यवस्थापन आईएमई इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार