• २०७६ भदौ २९ आइतबार

युरो कप छनोट : सर्वियामाथि पोर्चुगलको जित

 काठमाडौं, 
युरोकप - २०२० छनौट अन्तरगत शनिबार भएको खेलमा पोर्चुगलले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ ले पराजित गर्दै युरो छनोटमा पहिलो जित निकालेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे । यता, सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे । खेलमा पोर्चुगलले पहिलो हाफको ४२ औं मिनेटमा विलियमको गोलमा अग्रता लिएको थियो। समूह ‘बी’ मा रहेको पोर्चुगलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ५८ औं मिनेटमा गोन्कालोले गोल गर्दै पोर्चुगलको अग्रतालाई दोब्बर पारे। २-० ले अघि रहेको अवस्थामा सर्वियाले खेलको ६८ औं मिनेटमा गोल फर्कायो। उसका लागि सो गोल निकोला मिलेनकोभिकले गरे तर खेलको ८० औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले पोर्चुगलका लागि तेश्रो गोल गरे।

८५औं मिनेटमा एलेकसन्डर मिट्रोभिकले गोल गर्दै सर्वियालाई ३–२ को अवस्थमा ल्याए । त्यसको १ मिनेट पछि नै बर्नाडो सिल्भाले राफयल गुरेरोको पासमा गोल गर्दै पोर्चुगललाई ४–२ को जित दिलाए ।

जितसँगै पोर्चुगलले ३ खेलबाट ५ अंक जोडेको छ। यसअघिका दुई खेलमा उसले बराबरी गरेको थियो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार