• २०७६ भदौ २९ आइतबार

चाडबाडको मौका छोपी कालोबजारी गर्नेलाइ तत्काल कारबाही गर्न उद्योग समितिको निर्देशन

काठमाडौं,

दशैं,तिहार र छठजस्ता ठूला चाडपर्वका अवसरमा बजारमा मनपरी मुल्य कायम गर्न खोज्ने र गुणस्तहीन बस्तु विक्रि वितरण गर्ने व्यापारी तथा उद्योगलाई तत्काल कारबाही गर्न संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारलाइ निर्देशन दिएको छ ।

भदौ २० र २५ गते समितिमा बसेको बैठकले चाडपर्वमा आवश्यक उपभोग्य वस्तुको गुणस्तर कायम गरी सर्वसुलभ मुल्य उपलव्ध गराउन व्यापारीलाई निर्देशन समेत दिइएको छ । यदि चाडपर्वको मौका छोपी गुणस्तरहीन उपभोग्य सामान विक्रि वितरण, कृत्रिम अभाव र कार्टेलिङ गरेको थाहा पाए तत्काल कानुनबमोजिम कारबाही गर्न सम्वन्धीत निकायलाई निर्देशन दिएको हो ।

समितिले अत्यावश्यक उपभोग्य वस्तुको मुल्य निर्धारण गर्न समेत भनेको छ । स्वस्थ राँगा, बोका, खसी र कुखुरा लगायतका मासुजन्य वस्तुको सहज आपूर्ति गर्नुपर्ने, माछा, मासु सुपथ मुल्य पसलमा राख्नुपर्ने, चाडपर्वमा यातायातलाई सहज बनाइनुपर्ने, ग्यास, डिजेल तथा पेट्रोलजन्य वस्तुको मुल्य नियन्त्रण गर्नुपर्ने, बजार अनुगमन नियमित गर्नुपर्ने, चिनिको मुल्य नियन्त्रण गर्न उचित पहल गर्ने र फलफुल  तथा तरकारीमा हुने बिषादीको परिक्षण गरेर मात्रै विक्रि वितरण गर्ने र ध्यू तथा खानेतेलमा मिसावट अन्त्य गर्ने गराउने निर्देशन समितिले दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार