• २०७६ भदौ २९ आइतबार

उपचार गराउने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएपछि...

धादिङवेशी, 
उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक जना झाँक्रीले प्वाल पारिदिएका छन् । जण्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेटमा प्वाल पारिदिएका हुन् ।

विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका मगरको पेटको जन्डिस लामाले चुसेरै निकाली दिन्छु भन्दै पेटमा प्वाल पारिदिएपछि उनी अहिले झन् समस्यामा परेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याइएको छ । 'अस्पतालमा उपचार गराएर घरमै औषधि खुवाइरहेका थियौँ, निको भएकै थिएन, 'राजुकी श्रीमती विमलाले भनिन्, 'त्यसपछि झाँक्रीलाई देखाउँदा शरीरमा विकार रहेको र आफूले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुग्यो ।'

झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । उपचारका क्रममा झाँक्रीले विकार तानेर धेरैलाई निको पारेको बताएका थिए । जण्डिस तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ लिएर झाँक्रीले ब्लेडले पेट चिरेको मगरकी श्रीमती विमलाले बताइन् । सुई लगाएर पेट चिरेका लामाले बिरामीकी श्रीमती र सँगै गएकी बहिनीलाई बाहिर निकालेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले चुसेर एउटा बाटामा थुकेको मगरले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार