• २०७६ भदौ २९ आइतबार

रौतहटमा मुस्लिम र प्रहरीबिच झडप, हवाई फायर गरेर नियन्त्रणमा लिइयो

रौतहटको राजपुर कुडियामा मुस्लिम समुदाय र प्रहरी बिच झडप भएको छ । झडप नियन्त्रणमा लिनको लागि प्रहरीले ११ राउन्ड आश्रु ग्यास प्रहार गरेको थियो ।

कुडिया बजारमा रहेको छठ घाट नजिक  मुस्लिम समुदायले जबरजस्ती दाह झन्डा लगाउन खोज्दा झडप भएको प्रहरीले बताएको छ । प्रहरीले पटक पटक उक्त ठाउमा दाह नलगाउनको लागी आग्रह गरेपनि मुस्लिम समुदायले अटेरी गरेपछि प्रहरीले त्यसको विरोध गरेको हो ।

हवाई फायर पछि झडप नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार