• २०७६ भदौ २९ आइतबार

४० लाख अवैध रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं,

रुपन्देही प्रहरीले चालीस लाख ५७ हजार एक सय अवैध रकमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासस्थित सडकबाट बिहीबार अपराह्न चार बजे उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेनद्रबहादुर शाहीले बताए । युपी५६वाई ७०४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आएका भारत थाना नौतनवा, ग्राम लौटनका रितेशकुमार मधेसिया र निजरकुमार अग्रहरी पक्राउ परेका हुन् । 

उनीहरुको जाँच गर्दा स्रोत नखुलेको ३८ लाख ९३ हजार १०० नेपाली र १ लाख ६४ हजार रुपैयाँ भारु फेला परेको शाहीले बताए। उनीहरूको साथबाट विभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७०० रुपैयाँ बराबरका दस थान चेक, विभिन्न बैंकका पाँच वटा चेक बुक र भारतीय तथा नेपाली बैंकका एटिएम कार्डहरू बरामद गरिएको छ। पक्राउ परेकामाथि अनुसन्धान थालिएको प्रवक्ता शाहीले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार