• २०७६ भदौ २९ आइतबार

सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

 काठमाडौँ, 

सावित्रा भण्डारीले किर्गिस्तान भएको नदेज्दा कप महिला फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी छिन् । उज्वेकिस्तानविरुद्ध बिहीबारको फाइनलमा सावित्राले २ गोल गरेपनि नेपाल ३–२ ले पराजित भएको छ ।

चार राष्ट्रको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनमा पनि नेपाल उज्वेकिस्तानसँग नै पराजित भएको थियो । सावित्राले ४ खेलमा ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी हुन् । किर्गिस्तानविरुद्द ८ २ को जितमा सावित्राले ४ गोल गरेकी थिइन् । त्यस्तै ताजकिस्तानलाई १ ० ले हराउँदा पनि उनले नै गोल गरेकी थिइन् । योसँगै सावित्राले नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने अनु लामाको कीर्तिमानलाई पनि भेटाएकी छिन् । यसअघि अनु लामाको राष्ट्रिय टिमबाट नेपालका लागि ३५ गोलको कीर्तिमान थियो ।

सावित्राले पनि ३५ गोल पूरा गर्दै अनु लामाको कीर्तिमानसँग बराबर गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार