• २०७६ बैशाख ५ बिहीबार

के निर्मलाको हत्यारा पत्ता लागेको हो ? 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पक्राउ परेको चर्चा चलेको छ । केही सञ्चार माध्यममा निर्मलाको हत्यारा पक्राउ पर्यो भन्दै समाचार प्रकाशन गरिएको छ । प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित समाचारमा दुई तीन दिनमा काठमाडौंमा सार्वजनिक गर्ने तयारी रहेको समेत उल्लेख छ । समाचारमा अभियुक्तको डीएनए समेत म्याच भइसकेको जनाइएको छ । 
तर कञ्चनपुर प्रहरीले भने यस विषयमा अनविज्ञता प्रकट गरेको छ । कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर सिंह कडायतले भने आफुलाई यसबारेमा कुनै जानकारी नभएको बताए । टिभी अन्नपूर्णसँग कुरा गर्दै उनले भने, 'यो हल्ला कहाँबाट आयो हामीलाई नै थाहा छैन । आधिकारिक रुपमा जिल्ला प्रहरीलाई यो विषयमा केही पनि जानकारी छैन । अनुसन्धान जारी छ ।' प्रहरी स्रोत भन्दै आएका समाचारका बारेमा उनले भने, 'जिल्ला प्रहरी भनिएको छ र ? कुन प्रहरी ? प्रहरी स्रोत भन्या को हो हामीलाई थाहा छैन ।'  

अनुसन्धान कसरी भइरहेको छ । के प्रहरी हत्यारा नजिक पुगेको हो र भन्ने प्रश्नमा भने उनले अहिले बोल्न नमिल्ने बताए । 

निर्मलाको गत साउनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव फेला परेको थियो । घटनाको छ महिना बढी बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै प्रहरी र गृह प्रशासनको आलोचना हुँदै आएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार