• २०७६ कार्तिक ५ मंगलबार

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

उदयपुरको  कटारी नगरपालिका ३ ताराघारीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । महेश विककी ४ वर्षीय छोरी ऋतिका विकको सर्पको टोकाइबाट मृत्यु भएको कटारी ३ का वडा अध्यक्ष राम बहादुर पोखरेलले जानकारी दिएका छन् ।

बिहान ४ बजेर ४५ मिनेट जाँदा विकलाई सर्पले टोकेको थाहा पाएपछि उनलाई नजिकैको सर्प दंश उपचार केन्द्र ताराघारी आर्मी क्याम्पमा लागिएको थियो । ताराघारी सर्प दंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि चोहर्रवा आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उपचारमा संलग्न चिकित्सकले यहाँ सम्भव छैन अन्यत्र लैजानु भनेपछि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय अमित श्रेष्ठले बताए।

ऋतिकालाई घरको कोठा भित्र सुतिरहेको अवस्थामा सर्पले टोकेको हुन सक्ने परिवारले जानकारी दिएको छ । छोरीलाई बोलाउँदा नबोलेपछि, आँखा नहरेपछि र कोठा भित्र बैरी करेत सर्पदेखेपछि  ताराघारी आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लगेको ऋतिकाका बुबा महेश विकले बताए। "छोरीको अवस्था गम्भीर भैसकेको रहेछ समयमा भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए छोरी बाच्ने थिई की" उनले आखाभरी आँसु झार्दै भने ।

भेन्टिलेटर अभाव

गर्मी मौसम सुरु हुन साथ उदयपुरमा सर्प दंशका घटनाहरू बाहिर आउने गर्छन् । हरेक वर्ष ५ देखी १० जना बर्सेनि सर्पको टोकाइबाट मृत्यु हुने गरेको छ। सर्प दंश उपचार केन्द्रमा सामान्य उपकरण र औषधिहरू सपनी भेन्टिलेटरको अभावले गर्दा सर्पले टोकेका कतिपय बिरामीहरू लाई तत्काल भेन्टिलेटरमा राख्नु पर्ने भए पनि न आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा भेन्टिलेटर छ न त  कटारीमा रहेको कटारी अस्पतालमा मै भेन्टिलेटरको व्यवस्था  छ । भेन्टिलेटर भए सर्पले टोकेका बिरामीहरूलाई समेत उपचार गर्न सहज हुने स्थानीय रतन पोखरेलले बताए।

कटारी अस्पताल र सर्प दंश उपचार केन्द्रमा आई सी यु को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीहरूलाई सो सेवाका लागि अन्यत्रै पठाउनु पर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार