• २०७६ श्रावण १ बुधबार

भ्यालेनटाइनमा घाम जुन उपहार 

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा आफ्ना दर्शकलाई ‘घाम जुन’ उपहार दिने भएका छन् । 

लभ स्टेशनको पहिलो गीत ‘चाहिँदैन घाम जुन’ को भिडियो दर्शकलाई भ्यालेन्टाइन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । नयाँ वर्षको अबसर पारेर यो जोडीको नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट रिलिज हुँदैछ ।
छायाँकनका लागि भियतनाममा गत साता छायांकन गरिएको छ । 

गीतलाई सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका छन् । दीपक शर्माको शब्द संगीत रहेको छ । गीत रिलिज बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । 

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार