• २०७६ श्रावण १ बुधबार

भनेजुयला संकटः सेनाले गर्यो विपक्षी नेतालाई समर्थन 

  भेनेजुएलाको सेनाका डाक्टर कर्नेल रुबेन पास सिमेनेसले राष्ट्रपति निकोलास मादुरोप्रति आफ्नो बफादारी अन्त्य भएको घोषणा गरेका छन्। उनले विपक्षी नेता हुवाँ ग्वाइदोको समर्थन गरेका छन्। कर्नेलले शनिवार भिडियोमार्फत सन्देश जारी गर्दै भने, ‘सशस्त्र बलमा कार्यरत ९० प्रतिशत व्यक्ति असन्तुष्ट छौं।

 मादुरोलाई सत्तामा टिकाइराख्न हामीलाई प्रयोग गरिएको छ।’ उनले आफ्ना सहकर्मीलाई भेनेजुएलालाई दिइएको मानवीय सहायता वितरणमा सहयोग गर्न पनि आह्वान गरेका छन्। अमेरिकाबाट सहायता सामग्री लिएर आएको जहाज कोलम्बियाको कुकुतामा रोकिएको छ। मादुरोले उक्त जहाज भेनेजुएलामा प्रवेश गर्न दिएका छैनन्। 

उनले उसलाई अमेरिकी आक्रमणको संज्ञा दिएका छन्। आफ्नो देशमा मानवीय सहयोगको आवश्यकता नभएको मादुरोको दाबी छ। एक साताअघि वायु सेनाका जनरल फ्रान्सिस्को यानेसले पनि मादुरोप्रतिको बफादारी अन्त्य भएको घोषणा गरेका थिए। भेनेजुएलामा सत्तामा रहन सेनाको समर्थन महत्वपूर्ण छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार