• २०७६ कार्तिक ५ मंगलबार

नेपालीलाई दसैंमा घर फर्कन सास्ती

काठमाडौँ,

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ । उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेकोे छ । 

निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउन्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो । 

निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार