• २०७६ कार्तिक ५ मंगलबार

‘तिरस्कृता’ उपन्यास सार्वजनिक

काठमाडौँ, 
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रविण निरौलाद्वारा लिखित उपन्यास ‘तिरस्कृता’ को शुक्रबार सार्वजनिक गरेका छन् । राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले बिदेशमा बसेर नेपाली साहित्यको सेवामा समर्पित प्रविणको कार्यको प्रसंशा गरेका छन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ आयाम दिने बताए । कार्यक्रममा साहित्यकार नर्वदेश्वरी सत्यालले उपन्यासमा परिकल्पना गरेजस्तै ‘तिरस्कृता’ ग्रह पृथ्वीमा कतै भए नारीले महिला हिंसाको बिरुद्ध बोल्न नपर्ने बताए ।

कार्यक्रममा साहित्यकार अनिल पौडेल, लेखक प्रविण निरौला र लेखनकुन्जका अध्यक्ष कमल ढकाललगायतले पुस्तकका बारेमा बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार